Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16759 - 16764 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-12-26, शुक्रवार

 'क्विन' फिल्ममा उत्कृष्ट अभिनय गरेर चर्चा कमाएकी कंगनाले आफू प्रेममा परेको खुलाएकी छिन् । उनले आफू प्रेममा परेको र यतिबेला आफ्नो प्रेमीको नाम खुलाउने उत्तम समय नभएको बताएकी छिन् । कंगनाले आफ्नो यो सम्बन्ध विशेष भएको बताउँदै कसैको साथ पाउँदा खुशी भएको जनाइन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-12-26, शुक्रवार

फिल्म 'बाबुसाहेब' बनाएपछि असफलताले गर्दा अमेरिका भासिएकी अभिनेत्री करिश्मा मानन्धर ९ बर्षपछि नेपाल फर्किइन् । उनी नेपाल आएर केही समय सामान्य भूमिकामा नै फिल्म खेलिरहिन् । उनै करिश्माले लामो समयपछि आफूलाई फिल्म निर्माणमा फर्काएकी छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-12-26, शुक्रवार
'जीवन काँडा कि फूल' नामक आत्मकथा लेखेर मदन पुरस्कार प्राप्त गर्न सफल झमक घिमिरेको जीवनीमा आधारित रहेर फिल्म बन्ने भएको छ । जागृति फिल्मस्को ब्यानरमा बन्ने यो फिल्मलाई बिनोद बिष्टले निर्माण गर्दैछन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2014-12-26, शुक्रवार

नेपाली टेलिभिजनको आकाशमा लामो समयदेखि कुदिरहेका २ भिजे नेपाली फिल्म बजारमा आउँदैछन् । यसलाई संयोग नै मान्नुपर्छ, २ टेलिभिजन सुन्दरीको प्रवेश नेपाली फिल्म नगरीमा एकसाथ हुँदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-12-25, बिहिवार

फिल्म 'दासढुंगा'का निर्माता अपिल बिष्टले अब फिल्म निर्देशन गर्ने भएका छन् । उनले सोसल ड्रामा फिल्म 'झुम्की' निर्देशन गर्न लागेका हुन् । फिल्म बुझेर नै निर्देशनमा हात हालेको अपिलले बताए । 

फिल्मीखबर, काठमाण्डौ, 2014-12-25, बिहिवार

अभिनेता भुवन केसीले यस वर्षको क्रिसमस अपाब्गता भएका बालबालिकासँग मनाएका छन् । ललितपुरको बुबमती स्थित 'अपांग सेवा संघ'मा रहेका सुस्त मनस्थिति, दृष्टी विहिन आवाज विहिन र शारीरिक अपाँगता भएका ५२ जना बालबालिकसँग भुवनले क्रिसमस मनाएका हुन् ।  

Results : 16759 - 16764 of 24017