मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यन आशिकाको बेहुला

फिल्मीखबर, काठमाण्डौ, 2015/03/04
फिल्म 'सुश्री' बन्ने भएको छ । आज काठमाण्डौमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै फिल्म बन्न लागेको जानकारी दिइयो । एक सय भन्दा बढी फिल्ममा कथा, पटकथा तथा संवाद लेखिसकेका शिवम् अधिकारीले पहिलो पटक यो फिल्मलाई निर्देशन गर्न लागेका हुन् ।
 
 
फागुन २२ बाट छायांकन शुरू हुने यो फिल्मलाई ३५ दिनमा सक्ने योजना यसका निर्माताको छ । आशिका फिल्मस् प्रालीको ब्यानरमा बन्न लागेको यो फिल्ममा आत्मराम थापाको लगानी छ । फिल्ममा आर्यन सिग्देल, आशिका तामाङ, राजाराम पौडेल, मिश्री थापा, रविन प्रधान लगायतका कलाकारको अभिनय छ ।
 
फिल्ममा रामेश्वर कार्कीको छायांकन, बसन्त सापकोटाको संगीत, कुमार महर्जनको द्धन्द्ध, शंकर वीसीको नृत्य निर्देशन रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
 
कमेडी कथामा बन्ने यो फिल्ममा आर्यन सिग्देल आशिकाको बेहुलाको रुपमा देखिनेछन् । आर्यनले फिल्म कमेडी शैलीको भएकाले आफ्ना लागि पनि नयाँ हुने बताए । निर्देशक शिवम् अधिकारीले फिल्मले दर्शकलाई कुनै पनि कोणबाट निराश नपार्ने बताए ।