
अभिनेत्री नन्दिता केसी र अभिनेता दीलिप रायमाझीको मुख्य भूमिका रहेको फिल्म ‘लोग्ने मान्छे’को अडियो सार्वजनिक भएको छ । विभिन्न फिल्म सम्बन्धी संघसंस्थाका प्रतिनिधी र फिल्मका यूनिटले यसको अडियो सार्वजनिक गरेका हुन् ।

माघ महिनासँगै चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरवैताको समयकाल सकिनेछ । यसपछि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा को आउने भन्ने बारेमा बहस सुरु भैसकेको छ ।

संगीतकर्ममा सफल भैरहदा संगीतकार चेतन सापकोटा राजनीतिमा लागे । एकिकृत नेकपा माओवादीको झण्डा बोकेर चेतनले साँस्कृतिक क्रान्तिका कुरा गरे । जसका कारण उनी फिल्मको संगीतबाट विस्तारै अस्ताए ।

बलिउडमा बायोपिक फिल्म बन्ने क्रम बढ्दो छ । बिशेषत: चर्चित खेलाडीको जीवनीमा फिल्म बनाउने होड नै चलेको छ । यहि क्रममा दुई क्रिकेटर एमएस धोनी र मोहम्मद अजर्हुद्दिनको बायोपिक फिल्म बन्ने भएको छ ।

हमालको स्टारडम कमजोर बनेको छ । तर, पर्दामा दर्शक हेर्न हलसम्म नआएपनि महोत्सवमा भने हमालकै बोलबोलाई छ । नेपालमा एकपछि अर्को आयोजना हुने अधिकांश महोत्सवमा राजेश नै पुग्ने गरेका छन् । महोत्सवमा राजेश पुग्दा हजारौं दर्शकको उपस्थिती हुन्छ । जसका कारण पनि आयोजकहरु हमाललाई महोत्सवमा बोलाउन लालयित छन् ।

कुनै बेला थियो अभिनेता सुमन सिंहको हातमा फिल्म नै फिल्म थिए । हप्तामा प्रदर्शनमा आउने कुनै न कुनै फिल्म उनकै हुन्थ्यो । आज सुमन सिंह कहाँ छन् कसैलाई थाहा छैन । मिडिया र फिल्म दुनियाँबाट उनी लभगभ हराएका छन् ।

