Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

रोहित र शाहरूखको `पन्जाब एक्सप्रेस`

फिल्मीखबर, काठमाण्डौ, 2015/03/04
सम्भवत बलिउड अभिनेता शाहरूख खान र निर्देशक रोहित सेट्टीलाई एक्सप्रेस शब्द खुबै फापेको हुनसक्छ । यसैले पनि उनीहरुले यो नामलाई नछाड्ने संकेत गरेका छन् ।
 
 
फिल्म 'चेन्नई एक्सप्रेस'को सफलतापछि हौसिएका शाहरूख र रोहित नयाँ फिल्म निर्माणमा लागेका छन् । फिल्मको नाम 'पञ्जाब एक्सप्रेस' राखिएको छ । यो कुरा स्वयंम रोहितले नै स्विकार गरेका छन् ।
 
रोहितले शाहरूखसँग मिलेर काम गर्न लागेको बताउँदै अन्य कलाकार फाइनल नभएको समेत बताए । फिल्ममा काजोल, बरुण धवन, कृती मेनन लगायतका कलाकारले पनि अभिनय गर्ने चर्चा भारतीय मिडियामा चलेको छ ।
 
रोहितले भने शाहरूख बाहेक कुनै पनि कलाकार पक्का नभएको बताएका छन् । यो फिल्मको जनरा कस्तो हुनेछ भन्ने बारेमा उनले खुलाएका छैनन् । फिल्मको छायांकन मार्चबाट गर्ने तयारी पनि गरिएको छ ।
Most Visited News (monthly)