

१४ दिनका लागि जेलबाट मुक्त भएका बलिउड अभिनेता संजय दत्त यतिबेला आफ्नो परिवारसँग समय बिताइरहेका छन् । संजयले आफूलाई जेलबाट अभिनेता भएको हिसाबले छुट नदिइएको बताए । उनले आफूले ५ महिना अगाडि नै यो बिषयमा आवेदन दिएको खुलाए ।

मुम्बईबाट नेपाल फर्केलगतै नेपाली फिल्ममा अभिनेता निखिल उप्रेती व्यस्त हुन थालेका छन् । उनले आफ्नै निर्देशनमा फिल्म 'भैरव'को छायांकन सकाएका छन् । उनी वितरक गोपाल कायस्थको फिल्म 'लुटेरा'मा पनि काम गर्दैछन् ।

आगामी शुक्रबारबाट रोमान्टिक कमेडी लभस्टोरी फिल्म 'जिन्दगी रक्स' प्रदर्शनमा आउनेछ । युवापुस्ताको जमात रहेको यो फिल्मको प्रचारलाई तिब्र पार्न निर्माण टोली यतिबेला देश दौडाहमा छ । यहि क्रममा फिल्मको एक टोली पोखरा आईपुगेको छ ।

विल्सन बिक्रम राईले निर्माण गर्न लागेको फिल्म 'रातो घर'को छायाँकन यही साताबाट शुरू हुँदैछ । निकेश लिम्बुको समेत लगानी रहने यो फिल्मलाई सुरज सुब्बा नाल्बोले निर्देशन गर्दैछन् ।

'चपली हाईट', 'धर्मा', 'भिजिलान्ते' र 'झोले' फिल्म निर्देशन गरेका दीपेन्द्र के खनालले सामाजिक कथामा 'पशुपती प्रसाद' नामक फिल्म निर्देशन गर्ने भएका छन् । रविन्द्र सिंह बाँनियाले फिल्मको निर्माण गर्नेछन् ।

