मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

गोपिकृष्णले ठमेल डट कम बनाउने

फिल्मीखबर, काठमाण्डौ, 2015/03/03
सम्पूर्ण कलाकार पक्का नभई गोपिकृष्ण मुभिजले बनाउने भनिएका सात वटा मध्ये दोश्रो फिल्म 'ठमेल डट कम'को शुभसाइत गरिएको छ । फिल्ममा पुराना निर्देशक राजकुमार शर्माको लेखन तथा निर्देशन रहने छ ।
 
फिल्मको सूचना तथा संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालले क्ल्याप ठोकेर मुहुर्त गरे । फिल्मको प्रस्तुतकर्ता उद्धव पौडेल हुन् । फिल्मको शुभमुहुर्त समारोहमा कलाकारहरु प्रमोद अग्रहरी र र निता पोख्रेलले संवाद बोलेका थिए ।  
 
ठमेलको बिषयमा बन्न लागेको यो फिल्ममा राजुविक्रम थापाको छायांकन, एनबी महर्जनको द्धन्द्ध, बसन्त सापकोटा र अर्जुन पोख्रेलको संगीत, निरा राणाको ड्रेस डिजाइन छन् । फिल्मको पटकथा तथा संवाद ब्रजेश खनालले लेखेका हुन् । फिल्ममा दयाराम पाण्डेको गीत छ भने क्रियटिभ हेड मनोज केसी हुन् ।
 
यस्तै गोपिकृष्ण मुभिजले दुई दिन अगाडी नै होली पर्व मनाएको छ । फिल्म निर्माणको घोषणासँगै कलाकार तथा पत्रकारहरूमाझ रंगको पर्व होली मनाईएको हो ।