मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

`बाँच्नको लागि फिल्म खेल्छु` : आर्यन सिग्देल

फिल्मीखबर, काठमाण्डौ, 2015/03/03
अभिनेता आर्यन सिग्देलले आफूले बाँच्नको लागि फिल्ममा काम गर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजना गरिएको फिल्म 'पूनर्जन्म'को प्रेसमिटमा आर्यनले भने- 'म अहिलेको अवस्थामा छानेर फिल्म गर्न सक्दिन । बाँच्नका लागि फिल्म गर्नै पर्ने हुन्छ ।' 
 
 
आर्यनले बाँच्नका लागि बर्षमा २/४ वटा फिल्म गर्दा १/२ वटा फल्प हुँदा आफूलाई खासै असर नपर्ने समेत बताए । यो बर्ष आर्यनका दुई फिल्म 'नोभेम्बर रेन' र 'लज्जा' चले । यो भन्दा बढि फिल्म असफल बने । 
 
फिल्म चल्नु र नचल्नुमा आफ्नो दोष नरहेको उनको भनाई छ । 'मेरो कारणले फिल्म चल्ने र नचल्ने हुँदैन', आर्यनले थपे, 'फिल्म त कन्टेन्टले चल्छ ।' आउँदो शुक्रबार रिलिज हुन लागेको फिल्म 'पूनर्जन्म'को कन्टेन्ट बलियो भएकाले चल्ने उनको आश छ । 
 
आफ्ना पिताको आर्मी बनाउने चाहना पूरा गर्न नसकेका आर्यनले फिल्ममा आर्मीको भूमिका गरेरै चित्त बुझाएको बताए । पहिलो पटक आर्मी बन्दा रमाइलो अनुभव भएको बताउने आर्यनले 'पूनर्जन्म' अर्को पुस्ताको लागि पनि हेर्न हुने फिल्म बनेको भनाई राखे । 
 
यता फिल्मकी अभिनेत्री केकी अधिकारीले भने फिल्म नचल्दा आफ्नो करियरमा धक्का लाग्ने बताईन् । 'मेरो हरेक फिल्म करियरसँग जोडिएको हुन्छ', केकीले भनिन्, 'त्यसैले, एउटा फिल्म असफल हुँदा करियरमा असार पुग्छ ।' उनले 'पूनर्जन्म' करियरको सफल फिल्मको लिस्टमा पर्न सक्ने संभावना व्यक्त गरिन् ।
 
फिल्म भित्रको केकीको जोडीको रूपमा देखिएका अभिनेता गजित बिष्टले पनि आर्मीको भूमिका गर्दा रमाईलो लागेको भन्दै च्यालेञ्जिङ पनि उत्तिकै रहेको बताए । फिल्मले के-कस्तो कथाबस्तु उठाएको छ भन्ने बारे उनले प्रस्ट्याएनन् ।
 
सजन श्रेष्ठको निर्देशन रहेको फिल्म 'पूनर्जन्म'लाई मोहनकृष्ण श्रेष्ठ र भद्र बहादुर शाहीले निर्माण गरेका हुन् । फिल्ममा सुस्मिता शाहीको पनि मुख्य भूमिका छ । उनी आर्यनको जोडीको रूपमा देखिने छिन् ।