मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

यस्तो छ सेन्सरले काटेको `झिग्राना`को बेड सिन (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2015/03/04
फागुन २२ गते अर्थात आउँदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'झिग्राना'को एक बेड सिनलाई चलचित्र जाँच समितिले काट्ने अनुमती दिंदै एडल्ट सर्टिफिकेट थमायो । एडल्ट सर्टिफिकेट दिएर पनि बेड सिन किन काट्ने भन्दै फिल्म निर्माण टिमले उक्त भिडियो युट्यूबबाट रिलिज गरेको छ । 
 
मेनुका प्रधान र निकुन श्रेष्ठको १ मिनेटको उक्त बोल्ड सिन उत्तेजित भएकाले हटाउन लगाएको सेन्सर बोर्डको भनाई छ । यता फिल्म निर्माण युनिटले भने 'ए' सर्टिफिकेट दिएपछी यस्तो दृश्य हटाउने नहुने भन्दै सेन्सर बोर्डप्रति खेद प्रकट गरेको छ ।
 
फिल्म ‘झिग्राना’मा नेपालको दुर्गम भेग भिग्रानासम्म एक गैर सरकारी संस्थाका कर्मचारीको यात्रा र यात्रामा घट्ने विभिन्न रहस्यमय घटनालाई मुख्य विषय बनाएको छ । पासाङ लामाले लेखन तथा निर्देशन गरेको यो फिल्ममा निकुन श्रेष्ठ, मेनुका प्रधान, ज्योति कार्की, शान्ति गिरी, दिवाकर पिया, हना गेस्चिव्स्की, बिना पाण्डे र अरुण रेग्मीको अभिनय छ ।