Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मस्कोमा `मधुमालतीको कथा`

फिल्मीखबर, काठमाण्डौ, 2015/03/20
लघु फिल्म 'मधुमालतीको कथा' मस्कोमा छनौट भएको छ । यो कथा डिटेक्टिभ फेष्ट फिल्म फेस्टिभल मस्कोमा छनोट भएको हो । मस्कोमा अप्रिल १५ देखि अप्रिल १९ सम्म फेस्टिभल चल्ने छ ।  
 
 
यथार्थ तथा प्रगतीवादी कथाकार रमेश विकलको कथामा आधारित 'मधुमालतीको कथा' बाल मनोविज्ञानमा आधारित छ । हेलो नेपाल फिल्मस् प्रालीको प्रस्तुत यो लघु फिल्ममा मदनदास श्रेष्ठ, विष्णुभक्त फुयाल, मञ्जु श्रेष्ठ, सविता गुरुङ, जिके शर्मा, ध्रुव राई, भरत सिटौला, योगरत्न बज्राचार्यका साथै बालकलाकारमा सन्तोष पोखरेल र आयुषा सुवेदीको मुख्य अभिनय रहेको छ । 
 
श्याम रायमाझीको छायाँकन, विरेन्द्र भाट ‘विपिन’को सम्पादन छ भने निर्देशन शुभाष गजुरेलको रहेको छ । विनय पोखरेल, विश्वराम बिष्ट र धर्मराज पोखरेलले यो फिल्मलाई निर्माण गरेका हुन् ।
Most Visited News (monthly)