बलिउड अभिनेता रणवीर कपुर अभिनित फिल्म 'बम्बई भेलभेट'को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा रणवीरको लुक्सले धेरैको ध्यान खिचेको छ ।

सार्वजनिक ट्रेलरमा रणवीरसँगै अभिनेत्री अनुष्का शर्मालाई पनि विशेष तबरले प्रस्तुत गरिएको छ । तर, २ मिनेट भन्दा लामो ट्रेलरको मुख्य आकर्षण भने रणवीर र अनुष्काको चुम्बन हुन पुगेको छ ।
रणवीर र अनुष्काले फिल्ममा लिपलक दिएको पनि प्रष्ट छ । अनुष्का यतिबेला क्रिकेटर विराट कोहलीको प्रेममा मस्त छिन् भने रणवीर कट्रिनासँग घरबार बसाउने तयारीमा छन् ।
अनुराग कश्यपको यो फिल्मलाई लिएर दर्शकमा धेरै उत्साह पनि छ । अनुराग कथावस्तुमा फिल्म बनाउन माहिर मानिन्छन् । अब, दर्शक हलसम्म अनुरागको कथा हेर्न जान्छन् या अनुष्का र रणवीरको चुम्बन, समयले नै बताउला ।

