Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

हिम्मतवाली रेखा र नौटंकी प्रेम

फिल्मीखबर, काठमाण्डौ, 2015/03/20
अभिनेत्री रेखा थापा र 'हिम्मतवाली' फिल्मका अभिनेता सुदर्शन गौतमको प्रेम चर्चा अहिले सेलाएको छ । फिल्म चल्ने समयमा यी दुईको प्रेम कहानीले मिडियादेखि फेसबुकसम्म स्थान पायो । फिल्म हिट भयो तर रेखा र सुदर्शनको प्रेम भने `फ्ल्प` ।  
 
सुदर्शनको प्रवेशसँगै रेखाले आफ्नै फिल्मका निर्देशक श्याम भट्टराईलाई फिल्मबाट हटाइन् । श्यामलाई हटाउने रेखा सुदर्शनको प्रेममा आफू चुर्लुम्ब डुबेको बताउन पछि पर्दैन थिइन् । 
 
फेसबुकका भित्तामा सुदर्शनसँगको प्रेमलाई रेखालाई विभिन्न तबरले पोखिन् । कहिले आइ लभ यू त कहिले चुम्मा चुम्मी । अहिले आएर रेखा र सुदर्शनको फेसबुक प्रेम नौटंकी देखियो । सुस्तायो फेसबुके प्रेम । 
 
हाल सुदर्शन अमेरिकामा छन् रेखा नेपालमा । अहिले दुबै जनाले भन्दै आएको प्रेम मरेको छ । के आखिर फिल्म चलाउनकै लागि रेखाले सुदर्शनलाई प्रयोग गरेकी थिइन् त ?
 
रेखा नेपालकै चर्चित अभिनेत्री हुन् । उनले गरेका र बोलेको कुराले समाजमा प्रभाव पार्छ । तर, आफ्नो फिल्म चलाउनका लागि रेखाले अपनाएको यो सस्तो तरिकाले भने सकारात्मक सन्देश पक्कै दिदैन । 
 
रेखासँग नाम जोडिदा सुदर्शनलाई पनि फाइदा भयो होला । उनले पनि चर्चा पाए । केही समयका लागि रेखाको प्रेम पाए । तर, हिजो बिहे नै गर्छौ भन्ने रेखा र सुदर्शन आज चुपचाप छन् । यो नाटकी प्रेमले फिल्म क्षेत्र तरंगीत छ ।  
Most Visited News (monthly)