Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

छायाँकार पुरुषोत्तम प्रधानलाई श्रीमती शोक

फिल्मीखबर, काठमाण्डौ, 2015/03/20
गत बैशाख २६ गते विवाह बन्धनमा बाधिएका चर्चित छायाँकार पुरुषोत्तम प्रधानलाई श्रीमती शोक परेको छ । उनको श्रीमतीको गएराती १२ बजेतिर निधन भएको हो । 
 
 
दुई तीन दिनदेखि बिरामी देखिएकी अनुले अकस्मात संसार छाड्दा पुरुषोत्तम र उनको परिवारमा ठुलो बज्रपात परेको छ । उनको श्रीमती २४ दिनको सुत्केरी थिईन् । गत फाल्गुन १२ गते श्रीमती अनुले छोरीलाई जन्म दिएकी थिइन् । त्यो क्षण पुरूका लागि सबैभन्दा खुसीको क्षण थियो । आज तिनै पुरूलाई सबैभन्दा ठुलो चोट परेको छ । 
 
पुरूले अनुसँग लामोसमयपछिको प्रेमलाई विवाहमा परिणत गरेका थिए । फिल्म क्षेत्रमा कुशल छायाँकारको रूपमा चिनिएका पुरूलाई परेको यो शोकको घडीमा भगवानले धैर्यधारण गर्ने शक्ति दिउन् । अनुको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौं ।
Most Visited News (monthly)