Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पत्नीको फोटो मात्र हाल्ने हमालज्यू ?

फिल्मीखबर, काठमाण्डौ, 2015/03/20
यस्तो लाग्दैछ, अभिनेता राजेश हमाल अहिले फेसबुक क्रेजी भएका छन् । फिल्मको पर्दाबाट हराए जस्तै भएका हमालका लागि फेसुबक अहिले आफ्ना फ्यानसँग जोडिने माध्यम बनेको छ ।
 
 
 
 
अहिले राजेश हमाल कहाँ छन् र कस्तो क्रियाकलापमा रमाइरहेका छन् भन्ने जान्नका लागि उनको फेसबुक हेर्दा हुन्छ । अभिनेता हमाल अहिले पत्नी मधु भट्टराइलाई लिएर अमेरिका पुगेका छन् । अमेरिका पुगेका हमालले फेसुबकको भित्तालाई अहिले मधुसँगका तस्बिरले रंगाएका छन् ।
 
अमेरिका जानुभन्दा एक दिन अगावै मधुसँग अमेरिका जादैछु भनेर लेखेका हमालले जेटमा मधुसँग बसेको तस्बिर र आफू निदाइरहेको तस्बिर सार्वजनिक गरे । उनको यो तस्बिरलाई लिएर विभिन्न खालका प्रतिक्रिया पनि सार्वजनिक भए । 
 
हमालले न्यूयोर्क शहरमा मधुसँग घुम्दै गरेको तस्बिर सार्वजनिक गरे । मधुसँग कफि पिउदै गरेको, आफ्ना अमेरिकामा रहेका फ्यानसँग रमाएको, आफन्तको घरमा पुगेर खाएको यि यस्तै बिषयका तस्विर हमालको आकर्षण बनेका छन् ।  
 
हमालले सुहागरातको दिन विस्तारामा बसेको तस्बिर सार्वजनिक गरेपछि भने धेरैले यसको आलोचना गरेका थिए । केही समय अघि मात्र सामाजिक संजालमा जोडिएका हमालले देश, समाज र अन्य विभिन्न बिषयमा भने आफ्नो कुनै पनि भनाई सार्वजनिक गरेका छैनन् । 
 
अहिलेका चल्तीका कलाकारले देशमा घटेका घटनादेखि एसिड आक्रमण, बलात्कार, राजनीतिक अवस्था लगायतका बिषयमा आफ्नो भनाई फेसबुकबाट नै फ्यानसम्म पुर्याइरहेका छन् । राजेश हमालले यतातर्फ पनि ध्यान दिएका छैनन् । हमालजीले यता तिर पनि ध्यान दिने कि ?
Most Visited News (monthly)