Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`हवल्दार सुन्तली`लाई यूनिभर्सल

फिल्मीखबर, काठमाण्डौ, 2015/03/22
निर्माता छविराज ओझाले बनाएका अधिकांश फिल्म पारिवारिक नै हुन्छन् । यही भएर पनि उनको फिल्म सबै बर्गका लागि हेर्न लायक बन्छ ।
 
छविराज प्रोडक्शनको ब्यानरमा बनेको तेश्रो फिल्म 'हवल्दार सुन्तली'लाई पनि सबै बर्गका दर्शकले हलमा हेर्न सक्नेछन् । चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले यसलाई यूनिभर्सल सर्टिफिकेट दिएको निर्माता छविराज ओझाले बताएका छन् । 
 
फिल्ममा शिल्पा पोख्रेल, सविन श्रेष्ठ र किशोर खतिवडा मुख्य भूमिकामा छन् । फिल्मको निर्देशन ऋषि लामिछानेले गरेका हुन् । आफ्नै सहकर्मीबाट बलात्कृत भएकी हवल्दार सुन्तली धामीको वास्तविक कथामा यो फिल्म तयार भएको हो ।
Most Visited News (monthly)