सन् २०१२ मा भएको आइपीएल खेलको समयमा बलिउड अभिनेता शाहरूख खानले मुम्बईको वानखडे स्टेडियमा सुरक्षा गार्डलाई बच्चाको अगाडि गाली गरेको भन्दै एफआइआर लेख्न अपिल गरिएको छ । उनलाई सेक्यूरिटी गार्डलाई गाली गरेको भन्दै वानखडे स्टेडियममा ५ बर्ष प्रवेशमा रोक लगाइएको थियो ।
तर, यसको ३ बर्षपछि पनि यो मामला सुल्झने अवस्थामा छैन । तत्कालिन समयमा शाहरूखको विरुद्ध मुम्बई प्रहरीले एफआइआर दर्ता गर्न मानेको थिएन । शुक्रबार महाराष्ट्र चाइल्ड कमिसनले शाहरूखका विरुद्ध एफआइआर दर्ता गर्न मुम्बई प्रहरीसँग अपिल गरेको छ ।
शाहरूखलाई बच्चाको अगाडि अपशब्द प्रयोग गर्दै गाली गरेको आरोप लगाइएको छ । शाहरूखले भने त्यो समयमा नै आफूले बच्चाको अगाडि कुनै गाली प्रयोग नगरेको बताएका थिए । उनले आफ्ना बच्चाहरुलाई सुरक्षा गार्डले गलत व्यवहार गरेपछि आफू आवेशमा आएको बताएका थिए ।

