बलिउडका चर्चित कलाकार राजपाल यादव अहिले ५ करोड ऋणको मामलामा फसेका छन् । राजपालले दिल्ली हाइकोर्टसँग नयाँ प्रस्ताव राख्दै रकम फिर्ता गर्ने बचन दिएका छन् ।
राजले तत्काल आफूसँग पैसा नभएकाले फिर्ता गर्न नसकेको बताएका हुन् । यादवले पैसा नदिने नियतीले अदालतको समय बर्बाद गरिरहेको उनका आरोपीले आरोप लगाएका छन् । अदालतले २४ मार्चमा आफ्नो फैसला सुनाउने तयारी गरेको छ ।
वकिल गीता मित्तल र पीएस तेजीको इजालसले राजपाल यादवले पैसा तिर्ने बिषयमा देखाएको रवैयाप्रति आलोचना पनि गरेका थिए । अदालतले राजपाललाई पहिले नै जेलमा गइसकेकाले रकम भुक्तानी गर्न भनेको छ । तर, बलिउडका एक चर्चित हाँस्य कलाकारले भने आफूसँग रकम नभएकाले तिर्न नसकेको बताउँदै आएका छन् ।

