गीतसंगीतकै कारण व्यापार राम्रो गर्ने अपेक्षा गरिएको फिल्म 'भूलभुलैया'को एक मार्मिक गीत सार्वजनिक भएको छ । फिल्मको प्रिमियर भन्दा एक दिन अगाडि गीत सार्वजनिक गरिएको हो ।
रजिना रिमालको स्वर रहेको 'माया गर्छौ थाहा छ मलाई' बोलको गीतमा बसन्त सापकोटाको संगीत छ । योगेश घिमिरेको निर्देशनमा तयार भएको यो फिल्मलाई दिनेश कुमार पोख्रेलले प्रस्तुत गरेका हुन् ।
यो फिल्मको अमेरिकामा प्रिमियर भैसकेको छ । फिल्ममा जीवन लुईटेल, सोहित मानन्धर र निता ढुंगाना मुख्य भूमिकामा छन् । फिल्ममा कविराज गहतराजको नृत्य, बाबु श्रेष्ठको छायांकन छ । यो फिल्म चैत्र १३ गतेबाट चल्दैछ ।

