बलिउड अभिनेता शाहिद कपुरले इन्गेजमेन्ट गरेको खबर छ । उनले दिल्लीमा बस्दै आएकी मिरा राजपुतसँग इन्गेजमेन्ट गरेका हुन् । भारतीय संचारमाध्यममा अहिले शाहिदको इन्गेजमेन्टको खबर आगो जसरी फैलिएको छ ।
शाहिद र मिरा डिसेम्बर महिनामा बिहे गर्ने तयारीमा लागेका छन् । केही समय अघि मात्र साहिदका पिता पंकज कपुरले मिराको परिवारलाई भेटेका थिए । शाहिद र मिराको भेट एक अध्यात्मिक कार्यक्रममा भएको थियो ।
१४ जनवरीको दिनमा दुईले इन्गेजमेन्ट गरेका हुन् । मिरा अहिले मुम्बईमा छिन् । शाहिद उनलाई मिडियाबाट बचाइरहेका छन् ।