Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

शाहिदको इन्गेजमेन्ट

फिल्मीखबर, काठमाण्डौ, 2015/03/23

बलिउड अभिनेता शाहिद कपुरले इन्गेजमेन्ट गरेको खबर छ । उनले दिल्लीमा बस्दै आएकी मिरा राजपुतसँग इन्गेजमेन्ट गरेका हुन् । भारतीय संचारमाध्यममा अहिले शाहिदको इन्गेजमेन्टको खबर आगो जसरी फैलिएको छ ।


शाहिद र मिरा डिसेम्बर महिनामा बिहे गर्ने तयारीमा लागेका छन् । केही समय अघि मात्र साहिदका पिता पंकज कपुरले मिराको परिवारलाई भेटेका थिए । शाहिद र मिराको भेट एक अध्यात्मिक कार्यक्रममा भएको थियो ।

१४ जनवरीको दिनमा दुईले इन्गेजमेन्ट गरेका हुन् । मिरा अहिले मुम्बईमा छिन् । शाहिद उनलाई मिडियाबाट बचाइरहेका छन् ।

Most Visited News (monthly)