मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपिकाको कुरामा अमिताभको आपत्ती ?

फिल्मीखबर, काठमाण्डौ, 2015/03/25
सामाजिक संजालमा सक्रिय बलिउड अभिनेता अमिताभ बच्चन अभिनेत्री दीपिका पादुकोणसँग केही असन्तुष्टी देखिएका छन् । यो असन्तुष्टी फिल्म `पीकु`को कारणले देखिएको हो ।
 
अमिताभ र दीपिकाले अभिनय गरेको यो फिल्मको टिजर सार्वजनिक भैसकेको छ । दीपिका यो फिल्मको ट्रेलरसँगै रहस्य पनि सार्वजनिक गर्न चाहन्छिन् । तर, अमिताभले यसका आपत्ती जनाएका छन् । 
 
अमिताभले ट्विटरमा लेखेका छन्–‘उनी हाम्रो परिवारको रहस्य सबैको सामु ल्याउन चाहन्छिन् । तर, यसमा मेरो आपत्ती छ ।’ अमिताभले दर्शकलाई तपाईंहरुको कसको पक्षमा हुनुहुन्छ भनेर मत मागेका छन् ।
 
अमिताभ फिल्मका सदस्यहरुको रहस्य बाहिर नआओस् भन्ने चाहनामा छन् । तर, दीपिकालाई यो कुरामा कुनै प्रवाह छैन । यो फिल्ममा इरफान खान पनि मुख्य भूमिकामा छन् । फिल्ममा दीपिका र अमिताभ वंगाली पुत्री र पिताको भूमिकामा छन् ।