मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`षडङ्ग` हिट, कलाकार हिट

फिल्मीखबर, काठमाण्डौ, 2015/03/23

यो बर्ष नेपाली फिल्म क्षेत्रका लागि खासै सुखद बनेको छैन । कलाकारका लागि पनि फिल्मले व्यापार नगर्दा प्रत्यक्ष असर परिरहेको छ ।

 


यो बर्ष सर्वाधिक धेरै फिल्ममा अभिनय गरेकी अभिनेत्री प्रियंका कार्कीका कुनै पनि फिल्मले व्यापार भने गतिलो गरेका छैनन् । उनका प्रदर्शनमा आएका ५ फिल्मको व्यापार निराश देखियो । यसैले पनि प्रियंकाका लागि चैत्र १३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म 'षडङ्ग'को बिशेष महत्व छ ।

अभिनेता सौगात मल्लका लागि पनि यो बर्ष सुखद बन्न सकेको छैन । फरक खालका भूमिका गर्न रुचाउने अभिनेताको रुपमा परिचित बनेका सौगातका 'लुट'पछि कुनै पनि फिल्म चलेका छैनन् । जसका कारण पनि सौगातलाई 'षडङ्ग'ले गतिलो व्यापार गर्नु आवश्यक छ । सौगातले बोलेको संवाद हिट छ । सौगातको बोल्ने तरिका पनि ट्रेलरको माध्यबाट दर्शकको मुखमा झुण्डिएको छ । दर्शक हलमा झुम्मिन्छ या झुम्मिन्नन्, हेर्न बाँकी छ ।

सुरज सुनुवारले निर्देशन गरेको यो फिल्मले ग्याङस्टारको कथा भनेको छ । नेपालमा ग्याङस्टारको फिल्म नचलिरहेको समयमा 'षडङ्ग' अर्को एक चुनौती पनि हो । फेरि, यो बर्ष बनेका १ सय भन्दा बढी फिल्ममा आधा दर्जन पनि गतिलोसँग चलेका छैनन् । यसैले पनि बर्षको अन्त्यमा प्रदर्शनमा आउन लागेको यो फिल्म चल्न जरुरी छ ।

नयाँ मेकरले यही फिल्मको माध्यमबाट फिल्म क्षेत्रमा हात हालेका छन् । नयाँ मेकरको निरन्तरताको लागि पनि 'षडङ्ग'को व्यापार चुनौती बनेको छ ।