मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.17/5.00)
Text size:-
+
-

`भूलभुलैया` प्रिमियर | कुन पक्ष राम्रो ?

फिल्मीखबर, काठमाण्डौ, 2015/03/24
योगेश घिमिरेको निर्माण तथा निर्देशनमा तयार भएको फिल्म `भूलभुलैया`को काठमाण्डौको बीग सिनेमामा प्रिमियर गरिएको छ । अमेरिकामा प्रिमियर भैसकेको यो फिल्मको नेपालमा पनि प्रिमियर गरिएको हो ।
 
 
 
दिनेश कुमार पोख्रेलको प्रस्तुतीमा बनेको यो फिल्मले समाजसेवा, प्रेम र त्यागलाई देखाएको छ । फिल्म हेरेका अधिकांशले यसको क्लाइमेक्सलाई राम्रो भनेका छन् । फिल्मको पहिलो हाफमा केही कमजोरी भएको निर्देशक घिमिरेले स्विकारे ।
 
फिल्मको प्रिमियरको मुख्य केन्द्रमा रहिन्, अभिनेत्री नीता ढुंगाना । वन पिस गाउनमा सजिएकी नीता प्रेमी आमेष भण्डारीको साथमा प्रिमियरमा उपस्थित भएकी थिइन् । नीताको हौसला बढाउन आमेषका परिवार पनि प्रिमियरमा देखिएका थिए ।
 
बसन्त सापकोटाका संगीतलाई विशेष रुचाइएको छ । फिल्ममा कलाकार मोहन निरौला र लक्ष्मी गिरीको प्रेमलाई धेरैले रुचाएका थिए । अभिनेता जीवन लुइटेल अमेरिका भएकाले प्रिमियरमा देखिएनन् । अर्का अभिनेता सोहित मानन्धरको कामलाई पनि रूचाईयो ।