मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेमीलाई ट्याटुबाट पनि बिदाई

फिल्मीखबर, काठमाण्डौ, 2015/03/24
अभिनेत्री सुष्मा कार्की अहिले शान्त चरा जस्तै उड्न थालेकी छिन् । उनले आफ्नो ढाडमा खोपेको ट्याटुले पनि यही कुराको संकेत गर्छ । 
 
 
 
सुष्माको ढाडमा लामो समयसम्म प्रेमी निरनको ट्याटु थियो । सुष्माले यो ट्याटुलाई आफ्नो निरनप्रतिको माया भन्दै आएकी थिइन् । जब निरनसँगको प्रेम पूर्ण रुपमा टुट्यो, सुष्माले ट्याटु पनि हटाइन् ।
 
निरन र सुष्मा करिब १ बर्ष लिभिङ टुगेदरमा पनि बसेका थिए । एक पटक ब्रेक गरेर पुन: शुष्मा र निरनको प्रेम जोडिएको थियो । सुष्माले निरनले आफूलाई पिट्नेदेखि थर्काउने र काममा पनि बाधा पार्ने गरेको गुनासो गर्दै दोस्रो पटक जोडिएको प्रेमलाई ब्रेक गरेकी हुन् ।
 
निरनसँग अगाडी बढ्न नसकेपछि सुष्माले अहिले प्रेमीको नामको ट्याटु फालेर उड्दै गरेका चरा र प्वाखको ट्याटु बनाएकी छिन् । उनले चरा जस्तै शान्त रुपमा उड्न चाहेको भन्दै यसैको प्रतिकका लागि ट्याटु बनाएको बताइन् । 
 
सुष्मा अहिले आफू खुल्ला भएको बताउँदै आएकी थिइन् । प्रेमीसँग सम्बन्ध टुटेसँगै उनले विभिन्न अनलाइनका लागि विकिनीमा तस्बिर पनि खिचाइन् । उनले अब प्रेम नगर्ने बताएकी छिन् । शुष्माको कुरा, कति पत्याउने कति नपत्याउने ।