मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अडियो हिट हुँदा निर्मातालाई चुनौती

फिल्मीखबर, काठमाण्डौ, 2015/03/24
बर्षमा थोरै मात्र फिल्मका गीत हिट हुन्छन् । ईतिहास हेर्ने हो भने गीत हिट भएका अधिकांश फिल्मले सफलता पाएका छन् । अहिले फिल्म 'रेशम फिलिली'को गीत निकै हिट बनेको छ । 'जालमा' बोलको गीत भाईरल बनेसँगै फिल्मलाई सफलताको संकेत मिलेको छ ।
 
 
बैशाख ११ गते रिलिज हुने फिल्मको सँगीतकार कालीप्रसाद बाँस्कोटा हुन् । सँगीतकार बाँस्कोटा स्वयंले सोमिया बराईलीसँग मिलेर गाएको प्रस्तुत गीत ‘क्लासिकल’ प्रकृतिको भएका कारण धेरैले मन पराएको बताईन्छ ।
 
निर्माण युनिटले उक्त गीतको भिडियो भने बनाएको छैन । निर्माण युनिटलाई यही गीतमा भिडियो बनाउन च्यालेञ्ज देखिएको छ । कारण, अफिसियल भिडियो रिलिज नहुँदै ट्यूबमा थुप्रै भिडियो सार्वजनिक भएका छन् जुन चर्चित भईसकेका छन् । लाखौंंले फरक-फरक स्वादमा भिडियो हेरेकै कारण अफिसियल गीतलाई चर्चा पाउन मुस्किल पर्न सक्छ । 
 
प्रणव जोशीको निर्देशन रहेको फिल्ममा विनय श्रेष्ठ, मेनुका प्रधान, कर्म, कामेश्वर चौराशिया लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । हाँस्य विधाको ‘रेशम फिलिली’लाई अभिनेता विनय श्रेष्ठले नै निर्माण गरेका हुन् ।