मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 3.14/5.00)
Text size:-
+
-

कस्तो होला संचिताको कमब्याक ?

फिल्मीखबर, काठमाण्डौ, 2015/03/24
चर्चा र सफलता साथमा रहेकै बेला अभिनेता निखिल उप्रेतीसँग दोस्रो विवाह गरेपछि ५ बर्षजति फिल्म क्षेत्रबाट अलग भएकी सुन्दर अभिनेत्री संचिता लुईटेल सफल कमव्याकको तयारीमा छिन् । 
 
 
२ सन्तानलाई लगातार जन्मदिएपछि फिल्ममा चाहेर पनि आउन नसकेकी सञ्चितालाई २ छोरा हुर्काउन, बढाउन र आफैलाई मेन्टेन गर्नको लागि समय लाग्यो । अहिले उनी पूर्ण रूपमा फिट देखिएकी छिन् ।  
 
सन्तान जन्माएपछि सञ्चिताले अभिनय गरेको फिल्म 'नाईं नभन्नु ल ३' चैत्र २७ बाट प्रदर्शनका लागि तयार छ । यो फिल्ममा संचिता मुख्य भूमिकामा छिन् ।
 
तर, आमा बनेपछि फिल्ममा सफलता पाउने अभिनेत्री कमै मात्र छन् । सञ्चितालाई सफलता मिल्ला ? संचिताका लागि 'नाई नभन्नु ल ३'को सफलताको चुनौती त छदैंछ साथमा उनलाई फिल्म भित्रकै अन्य अभिनेत्रीहरुले पनि चुनौती दिनसक्छन् । 
 
फिल्ममा अहिलेकी व्यस्त अभिनेत्री प्रियंका कार्की, र नव अभिनेत्री आश्मा डिसी पनि छन् । यी २ अभिनेत्रीको भिडमा संचितालाई आफू अब्बल देखिन सजिलो छैन । यसका साथै फिल्म क्षेत्रमा नै उनले नयाँँ र पूरानासँग अभिनेत्रीहरू प्रतिश्पर्धा गर्नुपर्ने हुन्छ । 
 
सञ्चिता यो च्यालेञ्जलाई आत्मसाथ गर्न तयार छिन् । उनी अब फिल्म क्षेत्रमै लागेर अगाडि बढ्ने बताईन् । तर, के उनको सोच भनेजस्तै पूरा होला ? 'नाई नभन्नु ल ३'को प्रदर्शनको दिन यो जवाफ पक्कै पाउन सकिएला ।