
आफू सफल भएमात्र समाज र समाज सफल भएमात्र देश सफल हुने तर्क हमालको थियो । हमालले नेताहरुलाई पनि खुबै गाली गरे । नेपालले सक्षम नेता पाउन नसक्दा देशको हालत यस्तो भएको हमालको भनाई थियो ।

अभिनेत्री नम्रता श्रेष्ठको लागि असफल फिल्मको क्रम रोकिएको छैन । एकपछि अर्को फिल्म असफल भएपछि नम्रताका लागि पनि नराम्रो झट्का लागिरहेको छ ।

माघ २३ गते न कुनै सार्वजनिक बिदा छ न पर्व नै । कुनै पनि चाडपर्व वा विदा नहुँदा पनि आधा दर्जन नेपाली फिल्म एक आपसमा भिड्न तयार देखिएका छन् ।

प्रदर्शन मिति नजिकिदै गएको फिल्म 'वान वे'को शिर्ष गीत सार्वजनिक गरिएको छ । शिर्ष गीतमा रविन एन्ड द रेभुलसनको स्वर छ ।सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार करिश्मा मानन्धर, सिद्धार्थ गुरुङ र माला लिम्बुलाई देख्न सकिन्छ ।

अभिनेत्री अनिता आचार्य यो क्षेत्रमा लाग्न चाहन्छिन् । उनको ‘सरी ल' र 'अलबिदा’ले सोचेजस्तो व्यापार गरेन । फिल्म हेर्न दर्शक कम जाँदा कलाकारलाई पनि चिन्ने मौका पाउँदैनन् । जसका कारण अनिताको सुरुवाती करिअर नै धरापमा परेको छ ।

एक्सन फिल्म 'हँसिया' बनाएर चर्चा पाएका निर्देशक मिलन चाम्सले पुन: अर्को फिल्म निर्माण तथा निर्देशन गर्दैछन् । पहिलो फिल्म निर्देशनबाट सन्तुष्टी पाएपछि मिलनले दोस्रो फिल्म निर्माणमा जोश देखाएका हुन् ।

