Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.33/5.00)
Text size:-
+
-

अमेरिकाको प्रविधि मेलामा नेपाली फिल्मकर्मी

फिल्मीखबर, काठमाडौं, 2015/04/15

नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै अमेरिकाको लसभेगासमा भएको फिल्म सम्बन्धि प्रविधि मेलामा सहभागि हुन गएका चलचित्र बिकास बोर्डका सदस्य तथा फिल्मकर्मी सुरेशदर्पण पोखरेलले मेलाको सहभागिता उपलब्धिमुलक भएको बताएका छन् ।

 

 

विश्वभरिका बोर्डकास्टर्सहरुको सहभागिता रहेको शोबाट प्रविधिका नयाँ आविष्कारसँग परिचित हुन पाएको पोखरेलले बताए । ‘नेसनल एसोसियसन अफ बोर्डकास्टर्स’ नाममा हरेक साल फरक फरक देशमा आयोजना हुँदै आएको प्रदर्शनी यो साल भने लसभेगासको नेभाडामा भएको हो । शोमा १५९ देशका एक लाख प्रतिनिधिले सहभागिता जनाएका थिए ।

 

नेपालबाट भने निर्देशक पोखरेलसँगै निर्देशक श्याम भट्टराई, कलाकार मुकेश ढकाल, पत्रकार सुमन गैरे र वितरक गोविन्द सापकोटाले सहभागिता जनाएका थिए । निर्देशक पोखरेलले शोमा देखेको कुरा नेपाली फिल्म उद्योगका लागि उपयोगी हुने विचार व्यक्त गरे ।

 

‘विश्वको उन्नत प्रविधि प्रयोग गर्ने ठाउँमा आएर हेर्दा मात्र पनि धेरै कुरा सिकिन्छ । मैले यो शोको सहभागिताबाट धेरै कुरा सिकेको छु । मेरो यो ज्ञान समग्र नेपाली फिल्म उद्योगका लागि उपयोगी हुने कुरामा आशावादी छु,’ पोखरेलले भने ।  

 

प्रदर्शनीका दौरानमा उनीहरुले हलिउड फिल्म ‘अबलिभियन’, ‘ओजेड दि ग्रेट एण्ड पावरफूल’ जस्ता फिल्मको बिहाइन्ड दि सिनको मेकिङ हेरेका थिए । सोही अवसरमा विश्वकै ठूलो उद्योग ‘हलिउड’मा भएका स्टुडियोहरुको अवलोकन पनि गरेको पोखरेलले बताए ।

Most Visited News (monthly)