Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बैशाख १८ मा सर्यो `जन्मभुमी`

फिल्मीखबर, काठमाडौं, 2015/04/15

मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको चलचित्र जन्मभुमीे बैशाख ११ बाट एक हप्ता धकेलिदै बैशाख १८ मा मात्र प्रदर्शनमा आउने भएको छ । प्रबिधिक कार्य केही बाँकी रहेको र पब्लिसिटी पनि अपुग भएको भन्दै निर्माण टिमले नयाँ रिलिजडेट सार्वजनिक गरेको हो ।


सामाजिक कथामा केन्द्रित जन्मभुमी मौलिक नेपाली जनजीवनको कथा समेटीएको चलचित्र भएको निर्देशक मोहन निरौलाले वताए ।  निर्देशक निरौला भन्छन् ‘मैले फिल्म मार्फत दर्शकलाई राष्ट्रियता बोध गराउने प्रयत्न गरेको छु । लामो समय यो क्षेत्रमा गरेको अनुभव पनि छ ।’ यसमा उनको निर्देशनसँगै लेखन र अभिनय पनि रहेको छ । चलचित्र जन्मभुमीमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बि एस लामीछाने र मोहन निरौलाको मुख्य भुमीका रहेको छ ।

 

चलचित्रमा विश्वकै कान्छा निर्देशक तथा बाल कलाकार सौगात विष्ट एवं नव कलाकारको रुपमा जेवीका कार्की र अग्रीम गिरी रहेका छन् । चलचित्रमा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् । युवराज राईको छायाङकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्ल को सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व जन्मभुमीमा रहेको छ । चलचित्र जन्मभुमीका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन् ।

 

अम्बिका गिरीको प्रस्तुति चलचित्रमा सुरज गिरीको लगानी रहेको छ । यस अघि थुप्रै टेलिश्रृंखलाको लेखन, निर्देशन अभिनय तथा चलचित्रको प्रसस्त लेखन तथा अभिनय गरेका मोहन निरौलाले यस अघि पुकार र २०५२ सालमा पनि जन्मभुमी’ नामक चलचित्रकै निर्देशन गरेका थिए ।

Most Visited News (monthly)