
जीवनसँग फिल्म 'ठूली'को विशेष शोमा अमेरिकामा रहेका अभिनेत्रीहरु ऋचा घिमिरे र उषा पौडेलको भेट भएको छ । जीवनले दुई अभिनेत्रीलाई अमेरिकामा भेट्न पाउँदा खुशी लागेको बताए । उनले दुई अभिनेत्रीसँगै बसेर 'ठूली' हेरे ।

फागुन १५ गतेबाट चल्ने द्धन्द्धात्मक फिल्म 'मिसन पैसा रिलोडेड'मा समावेश 'तिम्रो घर चाँचरी'को भिडियो सार्वजनिक गरिएको छ । गीतमा अभिनेत्री प्रियंका कार्कीको नृत्य तथा कोरियोग्राफी छ ।

फिल्म 'मिसन पैसा रिलोडेड' मार्फत निर्माता तथा वितरक नरेन्द्र महर्जनले कलाकारिताको परिचय थपेका छन् । फिल्म वितरण र निर्माणकोे लामो खुडकिलोमा ईटा राख्दै महर्जनले कलाकारिताको परिचय थपेका हुन् ।

फिल्म 'मोक्ष' प्रदर्शन भईरहेका बेला अभिनेत्री वेनिशा हमालका लागि काठमाण्डौको सिटी सेन्टरमा अवस्थित बिग सिनेमा नै बुक गरेर चर्चामा आएका गृहेन्द्र घिमिरे फिल्म निर्माणमा जुटेका छन् । उनको फिल्मको मुख्य भूमिकामा उनै वेनिशा छिन् ।

शुक्रबारबाट प्रदर्शनमा आएको अमिताभ बच्चन अभिनित फिल्म `शमिताभ`ले दर्शक र समिक्षकको राम्रो साथ पाएको छ । फिल्मको कथावस्तु र प्रस्तुतीलाई दर्शकले रुचाएका छन् ।

फाल्गुन ८ देखि रिलिज हुने तयारीमा रहेको फिल्म 'माला'को गीत सार्वजनिक भएको छ । अभिनेता आर्यन सिग्देलले आत्महत्या गरेको दृश्यलाई उक्त गीतमा देखाईएको छ ।

