बलिउडकी आइटम गर्ल राखी सावन्त आफ्नो एक म्यूजिक भिडियो छायांकनमा व्यस्त छिन् । भिडियो छायांकन गरिरहेको समयमा राखी सावन्त अर्की बलिउड अभिनेत्री सन्नी लियोनीको बिषयमा आक्रोशमा आएकी छिन् । राखीले मिडियासँग कुरा गर्दै सन्नी लियोनीप्रति भारतीयहरुले समाजसेवा गरेको बताइन् ।
उनले सन्नी लियोनीलाई भारतीयहरुले कपडा लगाउने पैसा दिएको भन्दै समाजसेवा गरेको बताइन् । राखीको आक्रोश यतीमा मात्र सिमित रहेन । उनले आफूलाई सन्नी लियोनीसँग नदाज्न आग्रह गरिन् । आफू डान्स, अभिनय क्षमताले माथि आएको भन्दै उनले आफूले कुनै पोर्न फिल्म नखेलेको बताइन् । उनले आफू सेक्सी र ग्ल्यामर भएको भन्दै आफ्नो तुलना जेनिफर लोपेजसँग गर्ने बताइन् ।

