Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साउनमा `जाउँ हिड पोखरा`

फिल्मीखबर, काठमाडौं, 2015/04/15

निर्माता तथा निर्देशक शोभित बस्नेतले निर्देशन गरेको एउटा फिल्म लामो सयमसम्म प्रदर्शन हुन नपाएर अल्झिएको थियो । चाडै फिल्म हलमा ल्याउन सिपालु मानिएका शोभित आखिर किन यसरी रोकिए, धेरैले प्रश्न सोझाएका थिए । तर, उनै शोभितको निर्देशनमा बनेको फिल्म 'जाउँ हिड पोखरा'ले प्रदर्शन मिति तोकेको छ ।

शोभितले निर्देशन गरेको यो २५ औं फिल्म हो । यो फिल्म साउन १ गतेबाट सार्वजनिक हुने शोभितले जानकारी  दिए । विविध कारणले गर्दा प्रदर्शन रोकिएको थियो, अब हुन्छ, शोभितले भने । फिल्ममा अभिनेत्री रेखा थापा, अभिनेता जिवन लुइटेलको साथमा सम्राट सापकोटा, जिके शर्माको मुख्य भूमिका छ ।

Most Visited News (monthly)