जेठ १ गतेबाट नेपालमा प्रदर्शन हुने भएतापनि त्यसको करिब २७ दिन अगावै फिल्म 'चंखे शंखे पंखे'को प्रदर्शन बहराइनमा हुने भएको छ । बहराइनमा फिल्मको प्रिमियर गर्नका लागि यसका निर्माता सन्तोष सेन, निर्देशक तथा अभिनेता सुदर्शन थापा र अभिनेत्री पूजा शर्मा बहराइन पुगेका छन् ।

यो फिल्मको प्रिमियर शुक्रबार हुनेछ । फिल्मले चलचित्र सेन्सर बोर्डबाट पीजी सर्टिफिकेट पाएको छ । निर्माता सेनका अनुसार बहराइनमा यो फिल्म हेर्नका लागि १५ सय दर्शकले टिकट किनिसकेका छन् । निर्माता सेनका अनुसार सेन्सरमा फिल्मले तारिफ पाएपछि अझै धेरै आत्मविश्वास यसको टिममा पलाएको छ ।
बहराइनमा ४ वटा सम्म शो हुनसक्ने उनको भनाई छ । यो फिल्मले कमेडी कथाका साथ राष्ट्रियताको बिषयलाई पनि उठान गरेको छ । फिल्म बनाउन कुनै संझौता नगरेको निर्माताको भनाई छ ।

