
किसान नेता भिमदत्त पन्तको राजनीतिक जिवनी माथि निर्माण भएको फिल्म ‘भिमदत्त’को गीत रिलिज भएको छ । ‘वारी डाँडा’ बोलको गीतमा नवल खड्का र सुमिना घिमिरेको प्रेम देख्न सकिन्छ ।

अभिनेत्रीद्धय दीपाश्री निरौला र प्रियंका कार्की सोमबार आफ्नो हराएको सुर्के थैली खोज्दै गर्दा भेटिए । काठमाण्डौं मुलपानीको चौरमा दिपकराज गिरी, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, र दयाहाङ राईले दीपा र प्रियंकाको थैली खोज्न सहयोग गरे ।

आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'लोग्नेमान्छे'को आइटम गीत रिलिज गरिएको छ । चेतन सापकोटाको संगीत तथा लय सङ्ग्रौलाको शब्द रहेको प्रस्तुत गीतमा इन्दिरा जोशीको स्वर छ ।


‘बीग बोस ८’ जितेपछि यसका प्रतियोगी गौतम गुलाटीको चर्चा सर्वाधिक धेरै छ । गौतमको पक्षमा सुरुवातदेखि नै एसएमएस र भोटिङ आएका थिए ।
गौतमले यो उपाधी जितेपछि अब बलिउडमा पाइला राख्ने योजना बुनेका छन् । गौतम बलिउडमा चर्चामा आउँदै गरेकी अभिनेत्री ज्याकलिन फर्नान्डेजको हिरो बन्न चाहन्छन् । सलमान खानको फ्यान रहेको गौतमले आफू ज्याकलिनको पनि फ्यान भएको बताए ।

सोझा अभिनेताको रुपमा चिनिएका सुशिल क्षेत्रीले फिल्म ‘आगो २’ आफ्ना लागि दोश्रो चरणको करिअरको सुरुवात भनेका थिए । कुनै समयमा चल्तीका यी अभिनेता आगोबाट जसरी चर्चामा आएका थिए, ‘आगो २’ बाट पनि चर्चित हुने सोचमा थिए ।

