मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म क्षेत्रमा पनि भुकम्पको असर

फिल्मीखबर, काठमाण्डौ, 2015/04/28
नेपालमा गएको भूकम्पका कारण 'रेशम फिलिली'को प्रर्दशन अनिश्चितकालका लागि रोकिएको छ भने देसभारका हल पनि बन्द भएका छन् । राष्ट्रिय शोकका घडीमा मनोरञ्जनलाई प्राथामिकतामा राखेर फिल्म प्रर्दशन गर्नु राम्रो नहुने भन्दै निर्माता माधव वाग्लेले अनिश्चितका लागि प्रर्दशन स्थगित गरेको जनाएका छन् । 
 
गत शुक्रबारदेखि प्रर्दशन भएको 'रेशम फिलिली'ले पहिलो दिनमा निकै राम्रो व्यापार गरेको थियो । तर, भूकम्पको असरले फिलिलीले पैसा कमाउने सपना तुहिएको छ । फिलिलीसंगै पुनः प्रर्दशन भएको 'झोला' र चैत्र २७ गतेदेखि प्रदर्शनमा आएका 'हवल्दार सुन्तली', 'नाईँ नभन्नू ल ३' र 'सेतो बाघ'लाई पनि भुकम्पले ठुलो असर पुर्‍याएको छ । 
 
भुकम्पका कारण बीग मुभिज रहेको सिटी सेन्टर भवन चर्किएको छ भने सुन्धारामा रहेको सिटिसी मललाई भुकम्पले ठुलै असर पुर्‍याएको छ । यो मलमा सिने दि सेफ हल रहेको छ । यो हल अब केही समयका लागि बन्द हुने अवस्थामा छ । 
 
हल सञ्चालकहरुले भूकम्पीय जोखिमलाई मध्यनजगर गर्दै आफ्ना हल बन्द गरेका छन् । यो महाभूकम्पको असरले कहिलेसम्म फिल्म हलमा दर्शक जान नसक्ने हुन् यसै भन्न सक्ने अवस्था छैन । देश शोकमा डुबेका बेला मनोरञ्जन लिन चाहने पक्कै कोही हुने छैन ।  तसर्थ भूकम्पको कारण रलिजको तयारीमा रहेको केही फिल्म कम्पनीले आफ्नो फिल्मको प्रर्दशन मिति सार्ने अवस्था प्रवल देखिएको छ ।