Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बेलायती अभिनेत्री लुम्लेले थालिन् अभियान

फिल्मीखबर, काठमाडौं, 2015/04/30

 बेलायती अभिनेत्री जोअना लुम्ले नेपालको भुकम्प पीडितको सहयोगका लागि अगाडि आएकी छिन् । उनले बेलायतमा नेपालका भुकम्प प्रभावितका लागि अभियान थालेकी हुन् ।नेपालका भुकम्प पीडितका लागि अभिनेत्री जोअना लुम्लेले अभियान गरेको राहत संकलनमा एकै दिन तीन अर्ब रुपियाँ संकलन भएको छ ।अभिनेत्री लुम्लेले पहल गरेको डिजास्टर इमरजेन्सी कमिटी (डिइसी) ले मंगलबार र बुधबार बीचका २४ घण्टामा २ अर्ब ९७ करोड रुपियाँ संकलन गरेको हो ।

 

सो अभियानलाई बेलायतकी महारानी र युवराज चार्ल्सले समेत समर्थन गरेका छन् ।डिइसीमा शुरुमा उठेको उठेको करिब ९० लाख रुपियाँ बराबरको रकम बेलायती सरकारले थपिदिएको थियो ।‘नेपाल अर्थक्वेक अपील’ नाम दिइएको सो अभियानबाट संकलित सहयोगबाट भुकम्पबाट प्रभावित भएका नेपालीहरुलाई खर्च गरिने बताइएको छ ।

 

 

जोअना लुम्ले सन् २००९ मा पूर्व गोरखाहरुलाई बेलायतको आवासीय भिसाका लागि सफल अभियान गरेर नेपाली र गोरखालीमाझ परिचित छिन् । उनलाई गोरखालीकी छोरी भन्ने गरिन्छ ।यसअघि मंगलबार अभियानको घोषणा गर्दै लुम्लेले भनेकी थिइन्, ” नेपाल हजाराैँ वर्षदेखिको प्राचीन सँस्कृति बोकेको मुलुक हो तर भुकम्पको केही सेकेण्डको झट्काले यसको इतिहास माटोमा मिलाइदियो । भुकम्प केही सेकेण्डमा सकियो तर त्यसको प्रभाव वर्षाैँ रहने छ ।”

 

उनले थपिन्,”मेरा पिताले गोरखाहरुसित काम गर्नुभो गोरखाहरुले दुईसय वर्षसम्म बेलायतका लागि आफ्नो ज्यान अाहुति दिए अब उनीहरुलाई सहयोग गर्ने हाम्रो पालो आयो ।”लुम्लेले थुप्रै हलिउड फिल्म तथा टेलिभिजिन सिरिजमा अभिनय गरेकी छिन् । अभिनेता लिआनार्दो डिकाप्रियोको मुख्य भूमिका रहेको वुल्फ अफ दि वाल स्ट्रिट लुम्लेको पछिल्लो फिल्म हो ।
 

Most Visited News (monthly)