Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

भूकम्पमा तेलगु फिल्मका अभिनेता बिजय सहित ८ बलिडउकर्मीको मृत्यु

फिल्मीखबर, काठमाण्डौ, 2015/04/28
नेपालको महाभूकम्पमा परी तेलगु फिल्मका अभिनेता के. बिजय सहित अन्य ८ बलिडउकर्मीको मृत्यु भएको छ । भारतीय मिडियाले २५ बर्षीया बिजय आफ्ना २० सदस्य टिमका सहित नेपाल सुटिङका लागि आएको बेला भुकम्पमा परि मृत्यु भएको जनाएका छन्  । 'एकताकरम डटकम' नामक फिल्म सुटिङबाट फर्किने क्रममा उनी चढेको कारलाई भूकम्पले भेटेपछि घटना घटेको बताईन्छ । 
 
कोरियोग्राफर समेत रहेका अभिनेता बिजयको पार्थिव शरिरलाई जति सक्दो चाँडो स्वदेश झिकाउँन तेलगु फिल्म ईन्डष्ट्रीले सरकारसंग माग गरेको छ । यस्तै नेपाल सुटिङको तयारीमा रहेको अर्को ८ सदस्य बलिउड फिल्मकर्मीको पनि निधन भएको पुष्टी भएको छ । अभिनेत्री मुग्धा गोड्सेले टीवटरमा दिएको आधिकारिक भनाई अनुसार पोखरा सुटिङको क्रममा उनको टिमका ८ सदस्यको निधन भएको हो । 
 
यस बिषयमा नेपाल सरकारबाट कुनै पनि आधिकारिक भनाई सार्वजनिक भईसकेको छैन् । मुग्धा  चाँहि उक्त टिमका अभिनेता रुस्लान मुम्ताजका साथ काठमाण्डूमै छिन् ।