मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेता सबिन श्रेष्ठलाई पितृ शोक

फिल्मीखबर, काठमाण्डौ, 2015/04/28
अभिनेता सबिन श्रेष्ठलाई पितृ शोक परेको छ । गत सोमबार बेलुकी ४ उनका बाबुले बाँसबारी स्थित न्यूरो अस्पातलमा देह त्याग गरेको खबर प्राप्त भएको छ । 
 
सविनले अभिनय गरेको फिल्म 'भाग सानी भाग'का निर्देशक नवल नेपालले दिएको जानकारी अनुसार ६४ बर्षीय सबिनका पिता लक्ष्मण श्रेष्ठको अचानक ब्लड प्रेसर बढ्दा त्यसको असर टाउकोको नशामा देखिएपछि निधन भएको हो । 
 
देश भुकम्पको महामारीले गर्दा शोकमा डुबेको बेला अभिनेता श्रेष्ठ पिताको निधनले शोकमा छन् । माईला छोरा सविन हाल समय पशुपति स्थित किरियापुत्री घरमा छन् । यस शोकको घडीमा सविन र उनको परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्दै फिल्मीखबर परिवार दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ ।