मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरे 'होस्टेल रिटन्र्स'देखि 'चंखे..'सम्म

फिल्मीखबर, काठमाडौं, 2015/04/30

देशमा भुकम्प आएर विपत्ती निम्तिएपछि प्रदर्शनका लागि तयार भएका धेरैजसो फिल्मले आफ्नो प्रदर्शन मिति पछि सारेका छन् । वैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म धुनले रिलिज स्थगित गरेको छ । यस्तै, वैशाख २५ गतेबाट प्रदर्शनमा आउने भन्दै चर्को प्रचार गरिएको फिल्म होस्टेल रिटन्र्स पनि पछि सरेको छ । अर्को प्रदर्शन मिति देशको अवस्था हेरेर मात्र तय गर्ने निर्माताको भनाई छ ।

 


यस्तै, जेठ १ गतेबाट प्रदर्शनमा आउने भन्दै उच्च प्रचार गरिएको फिल्म चंखे शंखे पंशे पनि पछाडि सर्ने भएको छ । निर्देशक सुदर्शन थापाले यो कुराको जानकारी दिएका हुन् । जेठ ८ मै प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म अधकट्टीका निर्माता प्रदिप उदय पर्ख र हेरको अवस्थामा छन् । देशको अवस्था एक सातामा सामान्य नभएमा यो फिल्मको प्रदर्शन मिति पनि पछि सर्नेछ ।

 


फिल्मको प्रदर्शन मिति पछि सरेपनि दर्शक हलसम्म तत्काल आउने संभावना छैन । मानिसहरुको निधनले देश नै शोकमा डुबेको समय मनोरञ्जन लिने भन्ने सोच नै हुँदैन । यसर्थ, यो विपत्तिले नेपाली फिल्मलाई पनि लामो समयसम्म असर गर्ने देखिएको छ । देशको ठूलो चेन सिनेमा हल क्युएफएक्सले एक महिनाका लागि हल बन्द गर्ने घोषणा गरेपछि कम्तीमा पनि १ महिनाका लागि नेपाली फिल्मको रिलिज क्यालेन्डर प्रभावित हुने देखिएको छ ।