गत शनिबार आएको महाभुकम्पले देशका हरेक पक्षमा असर पुर्याएको छ । हजारौं जनको क्षति भएको छ भने करोडौं धनको पनि क्षति भएको छ । व्यापार व्यवसाय ठप्प छ । मनिसहरू कसरी बांच्न सकिन्छ भन्दै भुकम्पको असारबाट बच्न आश्रय खोज्दै छन् ।
यस बिशम परिस्थितीमा नेपाली फिल्म चल्नु र सुटिङ गर्नु तथा मनोरञ्जन खोज्नु पक्कै मुर्खता हुनेछ । त्यसैले हाल छायांकनमा रहेका फिल्मको केही दिनका लागि सुटिङ स्थगित गरिएको छ भने रिलिज हुन लागेका फिल्मको मिती सार्ने क्रम शुरू गरिएको छ ।
केही दिनदेखि छायाँकनमा रहेका फिल्म 'ब्रास्लेट', 'ड्रिम', 'दोख' लगायतका फिल्मको सुटिङ केही साताका लागि रोकिएको छ । यस्तै फिल्म हलहरू पनि केही दिनका लागि बन्द गरिएको छ । काठमाण्डौमा रहेको क्यूएफएक्सले एक महिना हल नचलाउने निर्णय गरेको छ । फिल्म 'क्लासिक'को सुटिङ मिती पोष्टपोन्ड गरिएको छ ।
यता गत शुक्रबार रिलिज भएको फिल्म 'रेशम फिलिली'ले अनिश्चितकालका लागि प्रदर्शन रोकेको छ भने रिलिज हुन लागेका फिल्म 'होस्टल रिटर्नस', 'हाईवे टू धम्पुस' लगायतले आफ्नो रिलिज मिती सार्ने निर्णय गरेका छन् । यस्तै बैशाख र जेठमा रिलिज हुन लागेका अन्य फिल्मले पनि रिलिज मिती सार्ने तयारी गरेका छन् । हलीउड फिल्म 'हाईवे टू धम्पुस'ले नेपाल रिलिज पोस्टपोण्ड गर्दै भुकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ ।
यता रिलिजको क्रममा रहेको फिल्म 'चकलेट' युनिट भुकम्प पीडितको सहयोगका लागि चन्दा तथा कपडा संकलन अिभयान सुरु गरेको छ । अभिनेत्री रेखा थापा भुकम्प पीडितलाई सान्त्वना दिन र सहयोग गर्न पीडितहरूलाई सहयोग गर्न थालेकी छिन् । उनले राहत सामाग्री वितरण गरेकी छिन् । यता विश्व चर्चित फेसन डिजाईनर प्रवल गुरूङले अमेरिकामा र गायक तथा अभिनेता प्रशान्त तमाङले भारतमा राहत संकलन गरिरहेका छन् ।