मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`कोहिनूर` प्रदर्शनको सम्पूर्ण रकम भूकम्प पीडितलाई

फिल्मीखबर, काठमाण्डौ, 2015/05/01
आफ्नो स्वास्थ्य परीक्षण एवं 'कोहिनूर' प्रर्दशनका लागि अमेरिका पुगेकी अभिनेत्री स्वेता खड्काले अमेरिकामा हुन गईरहेको फिल्मको शोबाट  उठ्ने सम्पूर्ण रकम भूकम्प पीडितका लागि दिने घोषणा गरेकी छिन् । 
 
आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै श्वेताले  मेरो र तेरो परिवार नभनिकनै सम्पूर्ण नेपालीहरुलाई यो समय आफ्नो ठाँउबाट सहयोग गर्न अपिल पनि गरेकी छिन् । उनका श्रीमान एवं अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म रहेका कारण कोहिनूरको विश्वब्यापी प्रर्दशन समेत ऐतिहासिक रुपमै सफल भईरहेको छ  । त्यसकारण अमेरिकामा हुन गाईरहेको कोहिनूरको सोमा नेपाली दर्शकले साथ दिएमा भूकम्प पीडितले ठूलो राहत पाउने कुरामा दुई मत छैन् । दिईएको जानकारी अनुसार कोहिनूरको न्यूयोर्क, टेक्सास, बोस्टन र भर्जिनियामा सात बढी सो हुँदैछ ।  
 
बल्ल बल्ल दु:खबाट आफुलाई सम्हालन सकेको भन्दै एक्कासी सबै नेपालीमा आएको विपत्तिले आफ्नो टालिएको मन च्यात्तिएको उल्लेख गर्दै मर्माहित भएकी श्वेताले भनेकी छिन्- 'चाहेर पनि आफ्नो देश आउन सक्दिन । डाक्टरको सल्लाह अनुसार केहि समय अझै बस्नु पर्ने भएको छ । तर, म मेरो प्यारो देश र देशमा विपत्ती भोग्ने प्रिय तपाईहरुको लागि निरन्तर प्रार्थना गरी राखेकी छु ।'
 
उनले अगाडी लेखेकी छिन्- 'यो फेसबुक मार्फत तपाईहरुलाई यो जानकारी गराउन चाहन्छु, अमेरिकाको बिभिन्न शहरहरुमा प्रदर्शन हुन गैरहेको 'कोहिनूर' फिल्मबाट संकलित सबै रकम भूकम्प पीड़ितहरुलाई सहयोग गर्न चाहन्छु ।' 
 
श्वेताले सबै हाम्रो रगत भएकोले सबै जनालाई मेरो परिवार तेरो परिवार नभनि हाम्रो आमा एउटै हो र धर्तीमाता सम्झेर आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गरेकी छिन् । उनले आफू ठीक भएर नेपाल फर्के लगत्तै पीडितहरूको सेवा गर्न गाउँ गाउँ जाने बताएकी छिन् ।