मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भूकम्पले अस्तव्यस्त बन्यो फिल्म क्षेत्र

फिल्मीखबर, काठमाडौं, 2015/04/30

वैशाख १२ गते आएको भूकम्पका कारण नेपाली फिल्म क्षेत्र पनि पूर्ण रुपमा प्रभावित भएको छ । प्रदर्शनमा आइरहेका फिल्म अनिश्चितकालका लागि सरेका छन् भने तत्काल फिल्म सम्बन्धी गतिविधी शुन्य हुने देखिएको छ ।



वैशाख महिनाबाट छायांकनमा जाने तयारीमा रहेका सबै फिल्मले आफ्नो मितिलाई पछि सारेका छन् । वैशाखबाट छायांकनमा  जान लागेको रेखा थापाको रामप्यारीको पनि अब टुंगो छैन । यस्तै, निर्माता सुवास गिरीको निर्माणमा दिनेश राउतले बनाउन लागेको फिल्म क्लासिक पनि अर्को मिति तय नभएसम्म छायांकनमा नजाने भएको छ । अनुप बरालले निर्देशन गर्न लागेको फिल्म दोखलाई पनि भूकम्पले प्रभावित बनाएको छ । निर्माता छविराज ओझाले बनाउन लागेको किस्मत २ को पनि अब टुंगो छैन ।



यो महिनामा मात्र छायांकनका जान लागेका फिल्मको टुंगो छैन भने अब के हुन्छ भन्ने प्रश्नले पनि सबैलाई घेरेको छ । फिल्म क्षेत्र कहिलेसम्म चलमलाउँछ, भन्न सकिने अवस्था छैन । देश नै शोकमा डुबेको समयमा मनोरञ्जनको कुनै पनि पाटो समावेश हुँदैन । यसैले, फिल्म हलमा लाग्न थालेपछि प्रदर्शनको तछाडमछाड ठूलै हुने देखिन्छ ।