मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१५ दिनका लागि फिल्म सम्बन्धी सम्पूर्ण कार्य बन्द गर्न निर्देशन

फिल्मीखबर, काठमाण्डौ, 2015/05/01
चलचित्र बिकास बोर्डको पहलमा बिहीबार बसेको फिल्म क्षेत्रसँग सम्बन्धित संस्थाहरुको बैठकले शक्तिशाली भूकम्पले ल्याएको विपत्ती र पुनः हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै आगामी १५ दिन सम्मका लागि फिल्मको छायाँकन बन्द गर्ने र भूकम्पग्रस्त क्षेत्रमा फिल्म सम्बन्धी सम्पूर्ण कार्य बन्द गर्ने निर्णय गरेको छ ।
 
शनिबार नेपालमा आएको शक्तिशाली भूकम्पबाट पुर्याएको क्षतिप्रति दुःख प्रकट गर्दै निर्णय बमोजिम पहिलो नम्बरमा १५ दिनका लागि फिल्महरुको अवस्था अध्ययन एवं दोश्रो बुँदामा ८ सदस्य रहने गरी फिल्मकर्मी मानव तथा भौतिक विवरण संकलन एवं सहयोग वितरण समन्वय समिति गठन गर्ने निर्णय गरेको छ  ।
 
बोर्ड सदस्य सुरेश दर्पण पोखरेल संयोजक रहने गरी गठित समन्यव समितिमा चलचित्र निर्माता संघबाट महासचिव केशव भट्टराई, द्धन्द्ध संघबाट अध्यक्ष योगेन्द्र श्रेष्ठ, नृत्यकार संघबाट अध्यक्ष  दिनेश पाख्रिन, निर्देशक समाजबाट सचिव घनश्याम खतिवडा, चलचित्र संघबाट महसचिव मधुसुदन प्रधान, चलचित्र प्राविधिक संघबाट अध्यक्ष  मनोज केसी, चलचित्र बिकास बोर्डबाटै सदस्य रुपा राना र फिल्म वितरण कम्पनी दर्शना आर्ट्सका वितरक गोविन्द सापकोटालाई सदस्यका रुपमा राखिएको छ भने अभिनेत्रीहरू झरना थापा, केकी अधिकारी तथा अभिनेता जीवन लुइँटेललाई पनि समेटिएको छ ।
 
बैठकले गरेको निर्णय यस्तो छ :