नेपाल चलचित्र निर्देशक समाज र चलचित्र पत्रकार संघले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४ सय जनाले रक्तदान गरेका छन् । जसमा एक सय ५० फिल्मीकर्मी र रंग पत्रकार छन् । अन्य २५० सर्वसाधारण यो रक्तदानमा सहभागी भएका छन् ।
भूकम्पका कारण काठमाण्डौमा रगतको अभाव भैरहेकोले यस्तो कार्यक्रमको आयोजना गरिएको निर्देशक समाजका अध्यक्ष दिनेश डीसीको भनाई छ । रक्त संचार केन्द्रले राख्ने ठाउँ नभएकाले अन्य रगत आज लिन नसक्ने बताएपछि कार्यक्रम स्थगित भएको थियो । रक्तदानमा कलाकार, पत्रकार र सर्वसाधारण छोटो सूचनाको आधारमै सहभागी भएका थिए ।
रक्तदान गर्न लागि अभिनेता, अभिनेत्री, निर्देशक, निर्माता पुगेका थिए । अभिनेता आर्यन सिग्देल, गजित बिष्ट, अभिनेत्री झरना थापा, नम्रता श्रेष्ठ रक्तदानमा सहभागी भए । यस्तै, केही कलाकारले रक्तदान नगरेपनि सहयोग भने गरेका थिए ।देशमा परेको विपत्तको समयमा आफ्नै तरिकाले सहभागी हुनुपर्छ भनेर रक्तदानमा सहभागी भएको उनीहरुको भनाई छ ।

