मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

१० लाख नगद र २० हजार अण्डा बाँड्दै सरोज खनाल | फिलिलीले ५ लाख सहयोग गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2015/05/01
अभिनेता सरोज खनालले आफू सम्बन्ध रहेको खनाल पोल्टी फार्म र नेपाल अन्डा उत्पादक संघसंग मिलेर भूकम्प पीडित विरामीका लागि १० लाख नगद र २० हजार अण्डा बाँड्ने घोषणा गरेका छन् । 
 
 
चितवन, सिन्धुपाल्चोक र काठमाण्डूमा उपचार गराई रहेका भूकम्प पीडितहरुको उपचारमा प्रत्यक्ष सहयोग गर्न नगद रू. दश लाख बराबरको आर्थिक सहयोगका साथै करिब २० हजार अण्डा शुक्रबारदेखि बाँड्न शुरू गरिएको छ । चितवनमा उपचार गराईरहेका विरामीहरुलाई अन्य साथीभाईहरुले राहत बाँड्ने जानकारी दिंदै टुडिखेल र सिन्धुपाल्चोक पुगेर आँफैले राहत वितरण गर्ने उनले जानकारी गराए ।   
 
यता भूकम्पका कारण रिलिज स्थगित गरेको 'रेशम फिलिली' फिल्म निर्माण टिमले भूकम्प पीडितका लागि पाँच लाख रुपैया बराबरको सहयोग रकम घोषणा गरेको छ । निर्माता माधव वाग्लेले घोषणा गरिएको पाँच लाखले क्षतिग्रस्त विद्यालय पुनः निर्माण र घरबिहिनहरुका लागि खाद्यान्न तथा औषधी वितरण गर्ने बताए ।
 
 
पिताको निधनले पिडामा रहेका अभिनेता सविन श्रेष्ठले पनि भूकम्प पीडितलाई सहयोग गर्ने भएका छन् । पशुपतीमा पाँच दिनको कोरा बारिरहेका अभिनेता श्रेष्ठले दिवंगत पिताको १३ दिने कर्ममा लाग्ने खर्चको ५० प्रतिशत रकम छुट्याएर भूकम्पबाट प्रभावितलाई दिने निर्णय गरेका हुन् । 
 
गत सोमबार बिहान अभिनेता श्रेष्ठका पिताको ब्रेन ह्यामरेजका कारण निधन भएको थियो । बुवाको आत्माले पनि शान्ति पाओस् भनेर भुकम्पको शिकार बनेकाहरूलाई सहयोग गर्ने निर्णय गरेको उनको भनाई छ ।
 
शुक्रबार सिन्धुपाल्चोक पुगेर गोपीकृष्ण मुभिज परिवारले ३ लाख बराबारको खाधान्न वितरण गर्‍यो । अभिनेत्री रेखा थापा र निर्देशक हिमग्याप लामा ‘टासी’ भूकम्प गएको दिन शनिबारदेखि नै प्रभावितको सहयोगमा जुटिरहेका छन् । उनीहरु अस्पतालमै पुगेर बिरामीलाई सान्त्वना दिने, भूकम्पबाट पुरिएका तर आर्थिक अभावमा दाहसंस्कार हुन नसकेकाको लागि सहयोग गर्ने र शहरमा संक्रमण फैलन नदिन माक्स बाढ्ने जस्ता सेवामा सक्रिय छन् ।
 
 
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीले सिन्धुपाल्चोकको चौतारामा पुगेर खाद्यन्न, पाल, पानी र विभिन्न लत्ताकपडा बाँडे । यता निर्देशक एवं अभिनेता आकाश अधिकारीले आफ्नो संयोजक्त्वमा काठमाण्डू नजिकैको खोकना गाविसमा स्वास्थ्य शिविर चलाए अनि खाद्यन्न बाँडे । गैर सरकारी संस्था आशाको ज्योती नेपाल मार्फत आकाशले राजधानी बाहिरका क्षेत्रमा भूकम्प पिडितलाई राहत वितरण गर्न यसै साता हिड्ने बताएका छन् ।  
 
यसैगरी निर्माता सुवास गिरीले मलेसियादेखि डक्टरहरुको एक टिमलाई आफ्नै खर्चमा ल्याएर पीडितहरूलाई सहयोग गर्ने तयारी गरेका छन् । अभिनेत्री दीपाश्री निरौलाले काठमाण्डूकै साङ्गला गाविसमा पुगेर प्रभावितलाई खाद्यन्न वितरण गरिन् । अर्की अभिनेत्री प्रियंका कार्कीले राजधानीको विर अस्पतालबाट ट्रामा सेन्टरमा सारिएका भूकम्पका घाईतेहरुको हेरचाह गरिन् । यस्तै पूर्व मिस नेपाल एवं नायिका माल्भिका सुब्बाले राहत संकलन गर्दै भूकम्प पिडितलाई वितरण गर्दै आइरहेकी छन् । 
 
यि बाहेक थुप्रै कलाकार तथा फिल्मकर्मी भुकम्प पीडितको सेवा गर्न र राहत वितरण तथा संकलन कार्यमा जुटिरहेका छन् ।