फिल्म निर्माता सुवास गिरी र अभिनेता आर्यन सिग्देलको सहकार्य अहिले फिल्म निर्माणसँगै समाजसेवामा पनि एकसाथ देखिएको छ । अभिनेता सिग्देलले निर्माता गिरीलाई भूकम्पबाट पीडित भएकाहरुको सहयोगका लागि दरिलो साथ दिएका छन् । सिन्धुपाल्चोक, रसुवा, नुवाकोटमा राहत वितरण गरेको सुवास गु्रप अफ कम्पनीले सिन्धुलीमा करिब १० लाख बराबरको औषधी प्रदान गरेको छ ।
अभिनेता आर्यन सिग्देल, सुवास ग्रुप अफ कम्पनीका अध्यक्ष सुवास गिरी र फिल्म निर्देशक दिनेश राउतले स्थानिय हेल्थपोष्टमा औषधी प्रदान गरेका हुन् । ७७ वटा प्रकारका औषधी हेल्थपोष्टमा आयोजित कार्यक्रममा प्रदान गरियो । निर्माता गिरीले सिन्धुलीका जनताका लागि आफूले सधै नै सहयोग र सेवा गरिरहने बताए । अभिनेता आर्यन सिग्देलले सिन्धुलीबासीले दिएको मायाप्रति आभार व्यक्त गरे ।
चलचित्र पत्रकार संघसँगको सहयकार्यमा सुवास ह्यूमन रिसर्च, इन्टरनेशनल म्यानपावर रिक्वाएरमेन्ट, स्यामयोग ओभरसिज, सुवास इन्टरटेन्मेन्ट, आर्यन सिग्देल इन्टरटेन्मेन्ट, हाइली हाइ इन्टरटेन्मेन्ट, फ्यूजन पोलिक्लिनक एन्ड डाइग्नोसिज सेन्टर, मलेसिया इलिट डिजयास्टर रेस्क्यू फाउन्डेशन, पोटला ओभरसिज, असम म्यानपावर, वनसुरिया रिसर्चले यो काममा साथ दिएका छन् ।

