वैशाख १२ गते गएको भुकम्पका कारण बन्द भएका हलहरु सुचारु हुन थालेका छन् । भुकम्पका कारण बन्द भएका हलहरु गएको शुक्रबारदेखि खुल्न थालेका हुन् । भुकम्पको प्रभावमा नपरेका राजधानी बाहिरका हल भुकम्पका गएको साता बितेदेखि नै चालु रहे पनि राजधानीका हल भने दुई हप्ता पछि बल्ल खुल्न थालेका हुन् ।
गएको शुक्रबार देखि राजधानीका बिग मुभिज, कुमारी, जय नेपाल, विश्व ज्योति , गोपीकृष्ण, गंगा, बाराही आदि हल सुचारु भईसकेका छन् । राजधानीका अष्टनारायण, गुण र कलंकी सिनेमा भने अझै सञ्चालनमा आईसकेका छैनन् । ति हलमा अलि धेरै क्षति भएको र इन्जिनियरले सर्वे गरिनसकेकाले संचालनमा ढिलाई भएको स्रोतले बतायो ।
हलहरु खुले पनि दर्शक संख्या भने न्युन रहेको पाईएको छ । आठ लाख भन्दा ज्यादा जनसंख्या राजधानी बाहिर रहेकाले हल खुले पनि दर्शकको उपस्थिति न्युन देखिएको हो । मानिसहरु दैनिकीमा फर्कने थालेसँगै हलमा पनि दर्शक आउने हलवालाको अपेक्षा छ ।

