Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रियलमा पनि हिरो बने सुमन

फिल्मीखबर, काठमाण्डौ, 2015/05/11
भूकम्प पीडितहरूको राहत जुटाउन र वितरण गर्न फिल्मकर्मीहरूको लर्को लागेको छ । चल्तिका कलाकारदेखि उदाउँदा कलाकारहरू सहयोगी बनेका छन् । झण्डै पाँच दर्जनको हाराहारीमा फिल्म खेलिसकेका अभिनेता सुमन सिंह पनि भूकम्प प्रभावितहरुको राहतका लागि दौडधुपमा छन् । 
 
 
 
झण्डै पाँच लाख बराबरको बजेट निकालेर सुमनले राहत सामाग्री सहित मेडिकल चेकअपको टोली लिएर नुवाकोट पुगेका थिए । नृत्य निर्देशक दिनेश अधिकारी र आफ्नै पारिवारिक टिमका साथ नुवाकोटको खरानीटार गाविस पुगेर सुमनले आफ्नै हातले राहत वितरण गरे । 
 
सरकारी तवरबाट राहत नपाएका खरानीटार गाविसका दुई वटा वडाका झण्डै तीन सय स्थानिय गाउँलेहरु फिल्ममा जस्तै रियलमा हिरो भएर आएको भन्दै खुसी व्यक्त गरेका थिए । पछिल्लो समय फिल्म क्षेत्रमा खासै सकृय नदेखिएका सुमनको मन भने सानो देखिएन । 
 
 
 
यस्तै अभिनेत्री पूजना प्रधान पनि राहत वितरणमा सकृय भएर लागेकी छिन् । आफ्नै फिल्म निर्माण कम्पनी पूजाना फिल्म्समार्फत उनले धादिङको क्षेत्र नम्बर २ मा रहेको सङ्खु भवनघरको दलित बस्तीमा पुगेर राहत वितरण गरिन् । उनले झण्डै २०० घरलाई राहत वितरण गरेकी हुन् । पूजना सोमबार सिन्धुलीको कुसेश्वर दुम्जा भन्ने ठाँउमा पुगेर राहत बाँड्ने तयारीमा छिन् ।    
Most Visited News (monthly)