Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.67/5.00)
Text size:-
+
-

रेखासँग फिल्म खेल्न चाहान्नन् आर्यन

फिल्मीखबर, काठमाडौं, 2015/05/11

अभिनेता आर्यन सिग्देल र अभिनेत्री रेखा थापा विचको दुश्मनी अब सायदै मेटिएला । किनकी समयले धेरै घाउ पुरेपनि रेखाले आर्यनको मनमा  पारेको घाऊ सायद मेटिएको छैन । त्यही भएर होला आर्यनले रेखासँग फिल्म खेल्ने सम्भावना सकिएको घोषणा गरेका छन् । फिल्मीखबरसँगको एक भेटमा उनले ‘रेखासँग फिल्म खेल्ने कुनै इन्ट्रेस्ट छैन’ भन्दै रेखासँग फिल्म खेल्ने सम्भावनालाई पूर्णतया नकारेका हुन् । 

 

अभिनेत्री थापा र अभिनेता सिग्देलविच फिल्म ‘कसले चोर्याे मेरो मन’को प्रदर्शन समयमा वैमनस्यता सुरु भएको छ जुन आजसम्म पनि कायम छ । तर आर्यन र रेखाले एकसाथ फिल्ममा देख्न चाहाने दर्शकको भने कुनै कमी छैन ।  अभिनेत्री रेखा थापाले भूकम्प गएपछि पूर्नजन्म पाएको भन्दै अब सबैसँग सम्बन्ध राम्रो बनाउने भन्ने खालका कुरा पनि गरेकी छिन् । तर, अभिनेता आर्यन सिग्देल भने रेखासँग फिल्म नखेल्ने घोषणा गरेर पहिले नै दोस्तीको बाटो बन्द गरेका छन् ।

 


आर्यनको हातमा दर्जन फिल्म छन् भने धेरै निर्माता अझै उनका पछि छन् । यो अवस्थामा आर्यनलाई अहिले रेखाको साथ आवश्यक छैन । जसका कारण पनि आर्यन रेखासँगको पुरानो दुश्मनीलाई भुल्ने सोचमा छैनन् । आफ्नै ब्यानरका फिल्म मात्र खेल्दै आएकी रेखाको चर्चा भने सेलाउँदै गएको छ । त्यही भएर होला आर्यनले मौकामा चौका हान्दै रेखासँग फिल्म नखेल्ने घोषणा गरेका ।

Most Visited News (monthly)