Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलहरु फेरि अनिश्चितकालका लागि बन्द

फिल्मीखबर, काठमाडौं, 2015/05/13

वैशाख २९ गते ७.२ रेक्टर स्केलको भूकम्प गएपछि काठमाण्डौ लगायत देशभरका हल फेरि प्रभावित भएका छन् । वैशाख १२ गते गएको भूकम्पले बन्द भएका हल शुक्रबारबाट चल्न थालेका थिए । तर, वैशाख २९ मा अर्को शक्तिशाली भूकम्प गएपछि हलहरु बन्द भएका हुन् ।

काठमाण्डौ भित्रका मल्टिप्लेक्स र सिंगल हल मंगलबारदेखि बन्द भएका छन् । काठमाण्डौ बाहिरका हल पनि बन्द गर्न चलचित्र संघले भनेको छ । काठमाण्डौ बाहिरका संचालक भने हल बन्द गर्ने मनस्थितीमा देखिएका थिएनन् ।

यो समय मनोरञ्जन गर्नेको होइन भन्दै विकास बोर्डले पनि हल बन्द गर्न अपिल गरेको छ । काठमाण्डौ लगायतका देशभरका केही हलमा वैशाख १२ को भूकम्पले क्षती पुगेको थियो । वैशाख २९ को भूकम्पले पनि हलमा क्षती पुगेको छ ।हलहरु बन्द भएपछि नेपाली चलचित्रको प्रदर्शन मिति पनि अनिश्चितकालका लागि बन्द भएका छन् । यसले यो बर्ष चलचित्र प्रदर्शनको ट्राफिक जाम देखिने संभावना बढेको छ ।

Most Visited News (monthly)