Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भूकम्प पीडितका लागि फिल्म च्यारिटी

फिल्मीखबर, काठमाडौं, 2015/05/13

विनाशकारी महाभूकम्पमा परेका पीडितको सहयोगार्थ केही नेपाली फिल्मले च्यारिटी गर्ने भएका छन् । ‘हाइवे टु धम्पुस’ र ‘एभरेस्ट’ ले अमेरिकाको बिभिन्न शहरमा च्यारिटी गरिने जानकारी यसअघि नै बाहिरीसकेको छ । च्यारिटी गर्ने लिस्टमा ‘त म र उ’ नामको फिल्म पनि थपिएको छ ।

 

श्रद्धा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘त म र उ’ मलेसियाको आधा दर्जनबढी शहरमा च्यारेटी गरिने निर्माता नायक सुदिन प्रसाइले बताए । चलचित्र च्यारिटीका लागी अहिले मलेसिया पुगेका प्रसाइले प्रदर्शनबाट उठेको रकम भूकम्प पिडितको आवासको लागी खर्च गरिने जानकारी दिए ।

 


नवराज प्रसाईको निर्माण र सुदिन प्रसाईको लेखन,प्रस्तुति समेत रहेको चलचित्रमा नीता ढुंगाना, कविन्द्र राज पुरी ,दिनेश डि.सी.,प्रभाकर श्रेष्ठ, अन्जना आर.सी.,पुर्णीमा क्षेत्री,राजेन्द्र बस्नेत,रोजिना अधिकारी आदि कलाकारको अभिनय रहेको छ । जोमसोम, कागबेनी , मुक्तिनाथ र काठमाडौमा छायांकन गरिएको यो चलचित्र लछु गौतमले निर्देशन गरेकी हुन् । चलचित्र साउनमा  प्रदर्शनमा ल्याइने निर्माता प्रसाईले बताए ।

Most Visited News (monthly)