Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमान पछि शाहरुखको पालो

फिल्मीखबर, काठमाडौं, 2015/05/13

बलिउड अभिनेता साहरुख खान कानुनी समस्यामा परेका छन् । उनलाई आफ्नो क्रिकेट टिम कोलकत्ता नाइट राइडर्सको शेयर सस्तोमा वेचेको आरोप लागेको छ । साहरुखलाई यो महिनाको अन्तिमसम्म उपस्थित हुन भनिएको छ ।

 

साहरुखलाई ९ पटकसम्म कम रकममा शेयर बेचेको आरोप लागेको छ । यो बिषयमा इडीले साहरुखसँग स्पष्टिकरण लिनेछ । साहरुखले जय मेहत्ता र जुही चावलालाई आफ्नो क्रिकेट टिम केकेआरको शेयर कम पैसामा बेचेको आरोप छ ।

 

इडीका एक अधिकारीले यो कुराको पुष्टी गरेका छन् । इडीले साहरुखले कम मुल्यमा शेयर बेच्ने रणनीति किन बनाए भन्ने बिषयमा जान्न चाहेको जनाएको छ । इडीले यसअघि पनि सन् २०११ मा साहरुखसँग यस बिषयमा स्पष्टिकरण लिइसकेको छ ।

Most Visited News (monthly)